काठमाडौँ । सशस्त्र प्रहरी बलले ९ सय ३२ पदका लागि दर्खास्त आह्वान गरेको छ ।
स्थायी पदपूर्तिका लागि भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले सूचना जारी गरेको छ ।
रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९ सय ३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।
दरखास्त साउन २८ गतेसम्म दिन सकिने सूचनामा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०