काठमाडौँ । सरकारले अहिलेसम्म महिला उद्यमीमा लागि ६ अर्बभन्दा बढी सहुलियत कर्जा प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म ८३ हजार ३ सय महिलालाई ६ अर्ब १३ करोड ५० लाख ८१ हजार रूपैयाँ बराबरको सहुलियत कर्जा प्रदान गरेको हो ।
बैङ्कले चालु आर्थिक वर्षमा मात्रै १ सय ७५ महिलालाई सहुलियत कर्जा दिएको छ ।
सरकारले महिला उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा दिने नीति लिएको र नेपाल राष्ट्र बैङ्कले बिनाधितो १५ लाखसम्म सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको छ ।
जसका कारण सहुलियतपूर्ण कर्जामा सहभागी महिलाको सङ्ख्या बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्टले सीआईएनसँग बताउनुभयो ।
बैङ्ककाअनुसार यसरी सहुलियत कर्जा लिनेमा क वर्गका ऋणी धेरै छन् ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०, १०:१२