काठमाडाैँ । बाङ्लादेशसँगलाई टाईब्रकेरमा हराउँदै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ ।
ढाकाको मोहम्मद मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बाङ्लादेशलाई टाईब्रेकरमा ४–२ गोलले हराएको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
यसअघि गएको बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०, १९:२९