काठमाडाैँ । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कप पुरुष क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।
आज भारतको ए टोलीसँग ९ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको हाे ।
नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । भारतका अभिषेक शर्माले ८७ र साई सुदर्शनले अविजित ५८ रन बनाउनुभयो । टस जितेर ब्याटिङ रोजेको नेपालले ४० औँ ओभरमा दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले ६५ र गुल्सन झाले ३८ रन बनाउनुबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन । भारत ए का लागि निशान्त सिन्धुले ४ राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८०, १९:३८