काठमाडाैँ । गत आर्थिक वर्षमा नेपालबाट कामको खोजीमा अहिलेसम्मकै धेरै युवा विदेश गएका छन् ।
वैदेशिक रोजगार विभागकाअनुसार गत साउन १ गतेदेखि असारमसान्तसम्मको एक वर्षमा नेपालबाट ७ लाख ७१ हजार ३२७ जना नेपाली युवा श्रम स्वीकृति लिएर विदेश गएका हुन् । यो संख्या अहिलेसम्मकै धेरै रहेको विभागले जनाएको छ ।
यसअघि सबैभन्दा धेरै आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरी ६ लाख ९३ हजार ३२ जना वैदेशिक रोजगारीमा गएका थिए । रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले सीआईएनसँग बताउनुभयो।
विभागका अनुसार यो तथ्याङकमा भ्रमण भिसामा गएर दुबईमा श्रम भिसा लिने, भारतको बाटो भएर श्रम स्वीकृति नलिई युरोपेली देशहरूमा जाने तथा मौसमी कामदारको रूपमा भारत, कोरिया र बेलायतलगायत देशमा जानेहरूको सङ्ख्या जोडिएको छैन ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०, ११:३४