काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । हङकङबाट नेपाल ल्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।
सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभिन्न सामानसँग जोडिएर आएकोले सुनको परिमाण यकिन भइनसकेको बताउनुभयो । तर अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन एक क्वीन्टल भन्दा बढि हुन सक्ने बताएका छन् ।
विभिन्न सामग्रीसँग जोडेर र बेरेर ल्याएकोले सुनको वास्तविक तौल निकाल्ने प्रक्रिया चलिरहेको छ । बरामत गरिएको सुन आज राष्ट्र बैंकमा पठाएपछि वास्तविक तौल यकिन हुने महानिर्देशक ढुङ्गानाको भनाइ छ । अस्ति मङ्गलवार हङकङबाट काठमाडौँ आएको क्याथे प्यासिफिकको उडानबाट सुन भित्रिएको थियो ।
अनुसन्धानका क्रममा सुन नै भएको पुष्टि भएपछि हिजो तीन जनालाई पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । यसअघि मङ्गलवार नै दुई जना पक्राउ परेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०, ०७:२७