डडेल्धुरा । आर्थिक वर्ष २०७९/८० मा डडेल्धुरामा घरेलु हिंसाका ७७ वटा मुद्दा दर्ता भएका छन् ।
तीमध्ये ६५ ओटा फर्स्यौट भएका छन् । १२ मुद्दा भने कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको प्रहरीले बताएको छ ।
गत वर्ष महिला हिंसाका ४३, बालयौन दुर्व्यवहार, जवरजस्ती करणीका तीनतीन वटा मुद्दा दर्ता भएका छन् ।
बहुविवाहका दुई ओटा मुद्दा दर्ता भएकोमा बालविवाहका मुद्दा भने परेका छैनन् ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा लागुऔषधका मुद्दा तीनबाट बढेर सात पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०, १५:२८