काठमाडौँ । बितेको तीन महिनामा विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या १ सय १४ पुगेको छ ।
वैशाख १ देखि साउन ६ सम्म भएका विपद्का २ हजार १ सय ३४ घटनामा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
केन्द्रकाअनुसार बितेको २४ घण्टामा चट्याङबाट दाङ, रोल्पा र पर्वतमा गरी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
विपद् प्रभावितलाई सरकारले राहत रकम प्रदान गर्दै आए पनि विपद् कोष सञ्चालनमा अन्योल रहेको विपद्विज्ञ डा. गङ्गालाल तुलाधरले सीआईएनसँग बताउनुभयो ।
तीनै तहका सरकारबीच विपद् व्यवस्थापनका सम्बन्धमा बुझाइमा रहेको समस्या हट्दै गएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०, १०:१७