तुलसीपुर । समाचारको विषयलाई लिएर सशस्त्र प्रहरी जवानले दाङको तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएमका समाचार प्रमुख चेतन ओलीमाथि दुव्र्यवहार गरेका छन् ।
दाङको दङ्गीशरण गाउँपालिका १ घर भई हाल सशस्त्र प्रहरी बलको कालिका गण पोखरामा कार्यरत प्रहरी जवान दीपबहादुर बस्नेतले रक्सीको नसामा तुलसीपुरको बसपार्कमा ओलीमाथि आक्रमण प्रयास गरेका हुन् ।
‘तलाई सिध्याइदिन्छु भन्दै आक्रमणको प्रयास गर्ने क्रममा प्रहरी आएपछि सशस्त्र प्रहरी जवान बस्नेत स्कुटीमा चढेर भागेका थिए ।
दङ्गीशरण गाउँपालिकाको विभिन्न क्षेत्रमा भएका केही गुणस्तरहीन विकासनिर्माणको बारेमा रिर्पोटिङ गरेको विषयमा ३ दिन अघि सशस्त्र प्रहरीको जवान बताउने बस्नेतले ओलीलाई रेडियोमै आएर मार्ने धम्की दिएका थिए ।
पत्रकार ओली रेडियो प्रकृति एफएमसहित तुलसीपुर खबर डटकममा आवद्ध हुनुहुन्छ । उहाँले सुरक्षा गरिपाउँ भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन पनि दिनुभएको छ ।
रेडियो प्रकृति एफएमले रेडियोका न्युज डेस्क प्रमुख ओलीमाथि भएको घटनाप्रति भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
रेडियोका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका जवानले समाजमा अराजकता मच्चाउँदै भौतिक आक्रमणको प्रयास गर्नु निन्दनीय भएको उल्लेख गर्नुभएको छ ।
‘निजलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीय प्रसशानसँग माग गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०, १०:३९