पर्वतमा सम्बन्ध विच्छेदका घटना बढेका छन् । सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा दैनिक ७ वटासम्म मुद्दा दर्ता हुने गरेका छन् । वर्षमै एक हजारभन्दा बढी जोडीको सम्बन्ध विच्छेद हुन थालेको छ । पछिल्लो समय सम्बन्ध विच्छेद बढ्दा यो चिन्ताको विषय बनेको छ ।
देशका अन्य जिल्लामा जस्तै पर्वतका पनि अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीका कारण गाउँमा रेमिट्यान्स भित्रिए पनि वैवाहिक सम्बन्धमा समस्या देखिंदै आएको छ । जिल्ला अदालतमा पछिल्लो १ वर्षमा १४६ जनाले सम्बन्ध बिच्छेद गराउन निवेदन दिएकोमा ८२ जनाको मुद्धा फैसला भएको छ भने चालु अवस्थामा ६४ मुद्धा पेशीमा चढेका छन् । सम्बन्ध विच्छेद गराउने अधिकांश ३० वर्ष भन्दा कम उमेरका रहेका जिल्ला अदालतका सूचना अधिकारी जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।
नेपालमा नयाँ मुलुकी संहिता ऐन लागूभए संगै सम्बन्ध बिच्छेदका घटना बढेका छन् । यसले कतिपयको घरबार विग्रिएको भनेर विश्लेषण हुने गरेको छ । तरर्, े कानुन व्यवसायी भोलानाथ शर्मा पहिले अन्याय सहेरै भएपनि सम्बन्ध कायम गरिरहनुपर्ने बाध्यता थियो भने संहिता लागु भएपछि महिला पुरुष दुबैले सम्बन्ध छुटाउन पाएकोमा सजिलो महसुस गरेको अर्थमा बुझनुपर्ने तर्क गर्नुहुन्छ ।
सम्बन्ध विच्छेद गराएका अधिकांश मुद्दा वैदेशिक रोजगारीबाट सिर्जित देखिन्छन् । पति वैदेशिक रोजगारीमा गएपछि पत्नी छोराछोरीसहित सदरमुकाम र अन्य सहरमा डेरा गरी बस्ने गरेको तथा पतिले पत्नीलाई अनावश्यक शंका गर्दाको परिणाम सम्बन्ध विच्छेद बढेको कतिपय तर्क गर्छन् । महिला अधिकारकर्मी सरस्वती शर्मा सम्बन्ध बिच्छेदले सामाजिक समस्या निम्तिने खतरा देख्नुहुन्छ ।
सम्बन्ध विच्छेद कानुनले दिएको अधिकार हो । केही वर्षसम्म निकै नौलो लाग्ने सम्बन्ध विच्छेद अहिले सामान्य जस्तै बन्दै गएको छ । समाजसास्त्रीहरु भने सम्बन्धबिच्छेदले परिवारिक द्धन्द बढ्दै जाने चिन्ता व्यक्त गर्छन् ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६, १५:४३