काठमाडौँ । निर्वाचन आयोगले गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ ।
खर्च विवरण नबुझाएका प्रतिनिधिसभाका १ हजार ३७ जना र प्रदेशसभाका १ हजार ३ सय ९८ जना गरी २ हजार ४ सय ३५ जनालाई उम्मेदवारलाई जरिवाना तोकिएको आयोगले जनाएको छ ।
आयोगले बुधवार सूचना निकालेर उनीहरूलाई १५/१५ हजारका दरले जरिवाना तिर्न र सात दिनभित्र खर्च विवरण बुझाउन आयोगले निर्देशन दिएको हो।
खर्च विवरण नबुझाउनेमा परराष्ट्रमन्त्री एनपी साउद, जसपाका अध्यक्ष उपेन्द्र यादव, काँग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापा, राष्ट्रीय स्वतन्त्र पार्टीका सांसद सोविता गौतम, एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, पूर्वमुख्यमन्त्री शेरधन राई, कांग्रेस नेता रमेश लेखक, स्वतन्त्र उम्मेदवार मिलन पाण्डे र रञ्जु दर्शना, तत्कालिन सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत रहेको आयोगले जनाएको छ ।
आयोगले प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ३७ गरी ७४ जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०, १८:३२