काठमाडौँ । लघुवित्तबाट पीडित भएकाहरूले आज (बुधवार) नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले संसद् भवन अगाडि गएर धर्ना दिन खोजेका थिए । प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो ।
प्रदर्शनकारीले प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद् भवन घेराउ गरी आफ्ना समस्या सुनाउन पाउनुपर्ने माग गरेका थिए । विभिन्न लघु वित्तीय संस्थाबाट पीडित भएकाहरू देशभरबाट काठमाडौँमा जम्मा भएर प्रदर्शन गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०, १३:४१