काठमाडाैँ । कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गर्ने निर्णय बदर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख समेतको समर्थनमा भएको थापाको नियुक्ति बदर हुने ठहर गर्दै थापालाई पदमुक्त गरेको हो ।
सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने ठहर पनि गरेको छ ।
कांग्रेस प्रदेश सभाको संसदीय दलका नेता उद्धव थापालाई सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त गरे पछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले यसो गरिनु असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरसवैधानिक रहेकाे कार्कीको दाबी थियो । उहाँले प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरे पनि सर्वोेच्चले यो परमादेश दिन भने अस्विकार गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०, १५:०१