विराटनगर । कोशी प्रदेशकाे मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले ४ दिनभित्र (साउन १६ गते अपराह्न ५ बजेभित्र) संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
बिहीबार, सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार यहि साउन १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिए पछि आज प्रदेश प्रमुख खापुङले आह्वान गर्नुभएको हो ।
सर्वाेच्चको आदेशसँगै काेशी प्रदेशमा कायममुकायम मुख्य मन्त्री को हो भन्ने अन्योल बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०, १५:३८