काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । विधेयक दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पठाइएको थियो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक अब कानुन बनेकाे छ । विधेयक गत असार १५ गते प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रिय सभामा पठाइएको थियो । विधेयक साउन १० गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०, १५:५५