नेपालगञ्ज । सुशासन र पारदर्शिताको क्षेत्रमा क्रियाशील नमस्कार शाह गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाको अध्यक्षमा चयन हुनुभएको छ ।
महासङ्को २० औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट बागेश्वरी असल शासन क्लब (बास) का कार्यकारी निर्देशक समेत रहेका शाह अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो ।
सम्पूर्ण पदाधिकारी सर्बसम्मत भएको महासङ्घको उपाध्यक्षमा चन्द्रप्रसाद तिमिल्सिना, सचिवमा बाँके युनेस्को क्लबका आशिष बर्मा, सहसचिवमा सामुदायका लागि सञ्चार अभियानकी सावित्री गिरी र कोषाध्यक्षमा नेपालगञ्ज सुस्तमनस्थित अभिभावक सङ्घकी दिपाकुमारी थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा सभ्य समाज नेपालका सुर्यलाल यादव, समाज सुधार कार्यक्रमका शङ्करप्रसाद शर्मा, साहरा हाउसका अभिराज क्षेत्री, नुड्सका लोगबहादुर परियार, पश्चिम तारा नेपालकी परिना चौधरी, डेक नेपालका देवीदत्त आर्चाय, फातिमा फाउण्डेसनकी मैमुना सद्धिकी, ईन्प्रोकका विष्णुसिंह ठकुरी, द्वन्द्व पीडित एकल महिला सञ्जालकी जयन्ती खत्री र स्याक नेपालकी अर्मिलाकुमारी रोकाय निर्विरोध निर्वाचित हनुभएको छ ।
महासङ्घको विद्यान बमोजिम १५ जना सदस्यहरु निर्वाचित भईसकेपश्चात पदाधिकारी चयन गर्ने गरिन्छ ।
सोही बमोजिम भएको निर्वाचन प्रकृयामा सदस्यका धेरै आकाङ्क्षीहरु मध्ये केहीले फिर्ता लिए पश्चात १५ जना सदस्य निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत केशव कोईरालाले गर्नुभएको थियो ।
विद्यान बमोजिम निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ भने १ जना सदस्य कार्य समितिले मनोनित गर्ने प्रावधान रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६, १०:००