काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ व्यवस्थापन राष्ट्रिय योजनाको अन्तिम मस्यौदा तयार गरेको छ ।
मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको विभागको भनाइ छ ।
मस्यौदामा मुख्य रूपमा बाघको हालको प्राकृतिक बासस्थान व्यवस्थापन गर्ने, आहारा प्रजातिको घनत्व बढाउने र मानिस जङ्गल जाँदा बाघबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा उल्लेख गरिएको छ ।
जङ्गल जाँदा अपनाउनुपर्ने सावधानी, बाघबाट जोगिने उपायलगायतका कार्यक्रम पनि विभागले राखेको छ ।
विभागले बाघ दिवसको अवसरमा हिजो राष्ट्रिय बाघ संरक्षण कार्ययोजनासमेत सार्वजनिक गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो पाँच वर्षमा २ सय मानिसको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने क्षतिपूर्तिवापत सरकारले ६० करोडभन्दा बढी रकम भुक्तानी गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०, १०:३४