काठमाडाैँ । खाना पकाउने ग्यासको मूल्य घट्ने भएको छ । भारतबाट मूल्य घटेर आएसँगै एलपी ग्यासको मूल्य सिलिन्डरमा १ सय रुपैयाँ घट्ने भएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले सीआईएनसँग बताउनुभयो । आज बस्ने निगमको बोर्ड बैठकले यसबारे निर्णय गर्ने छ ।
भारतीय आयल कर्पोरेसनले पठाउने नयाँ सूचीमा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एक सय रूपैयाँले मूल्य घटेर आएको छ । तर ग्यासको मूल्य घटे पनि पेट्रोलको मूल्य लिटरमा साढे ८, डिजेलमा ७ रूपैयाँ ६१ पैसा, मट्टितेलमा साढे ७ र हवाई इन्धनमा ८ रूपैयाँले बढेर आएको छ ।
निगमले हरेक १ र १६ तारिखमा भारतीय आयल कर्पोरेसन प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियमको स्वचालित मूल्य कायम हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०, १८:१०