डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माण कार्य आफ्नै कार्यकालमा सुरु हुने दाबी गर्नु भएको छ ।
डडेल्धुरा सदरमुकामदेखि ३ किलोमिटरको दुरीमा रहेको स्याउले बजार नजिकै दूधकाँडेमा निर्मित स्याउले १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री रहेकै बेला पश्चिम सेती आयोजनाको निर्माण कार्य आरम्भ हुने बताउनु भएको हो ।
ट्युब र तुइनको प्रयोग गरेर महाकाली नदीमा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा उत्तरप्रदेश र उत्तराखण्ड सरकारका मुख्यमन्त्रीसँग महाकाली नदीमा पुल निर्माणका लागि छलफल गरेको अनि चाँडै महाकाली नदीमा पक्की पुल निर्माण गरिने धारणा राख्नुभयो ।
मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत भएकै कारण कारबाही हुने डरले भ्रष्टाचारमा संलग्न अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त नै राजीनामा दिन बाध्य भएका छन् ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सरकारले चमत्कारिक ढङ्गबाट विकास कार्य गरिरहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही दिनमै पानी जहाज सञ्चालनमा आउने र पूर्वपश्चिम रेलमार्गका लागि अध्ययन भईरहेकाले रेल सेवासमेत चाडै सञ्चालनमा आउने बताउनुभयो । हरेक ग्रामीण सडकहरूलाई अनिवार्य दुई लेनको बनाईने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै आत्मविश्वासका साथ आफ्नो विकास आफैले गर्ने बाटोमा सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।
नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण देशको विकासका लागि हरेक नेपालीमा आत्मविश्वास हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले वैदेशिक सहयोगसमेत जुटाएर विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको भनाइ राख्नुभयो । उँहाले हरेक दिन विकासका नयाँ आयोजनाहरू शुभारम्भ भइरहेको बताउदै भन्नुभयो, ‘सुखी र समृद्ध नेपाल निर्माणको दिशातर्फ सरकार अघि बढिसकेको छ ।
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशन निर्माण गर्न २८ करोड लागत अनुमान गरिएको छ ।
मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत भएकै कारण कारबाही हुने डरले भ्रष्टाचारमा संलग्न अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त नै राजीनामा दिन बाध्य भएका छन् ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उद्घाटन समारोहमा भौतिक योजना मन्त्री रघुबिर महासेठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाल सरकारका उच्च अधिकारीहरू, सुदूरपश्चिम प्रदेश सरकारका मुुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठानसिँह बोहरालगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशन निर्माण गर्न २८ करोड लागत अनुमान गरिएको छ ।
इष्ट इन्डीया उद्योग र वाईवा इन्फाटेक जेभीले निर्माण कार्य सम्पन्न गरेको सवस्टेशनमा ३० एमभीए क्षमताको १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर गरी दुईओटा ट्रान्सफर्मर राखिएका छन् ।
काँग्रेस नेताकार्यकर्ताबाट प्रम ओलीलाई कालोझण्डा
आयोजनाको उद्घाटनका लागि आयोजनास्थल पुग्नुअघि स्याउले बजारमा प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस डडेल्धुराका कार्यकर्ताहरूले कालोझण्डा देखाएका थिए ।
कालोझण्डा देखाउने कार्यमा संलग्न रहेको भन्दै नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिका सदस्य गोकुल शाही, नेपाल दलित सङ्घ डडेल्धुराका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक सङ्घ डडेल्धुराका अध्यक्ष प्रकाश जैरु, नेपाल नाइ सङ्घ डडेल्धुराका अध्यक्ष शियाशरण ठाकुर, स्ववियु सभापति जगत ऐर, कार्यकर्ताहरू पदम खाती, पदम भण्डारी, रामबहादुर भण्डारी र सञ्जय जैरुलाई केहीबेर हिरासतमा राखेर छाडिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५, २०:५७