काठमाडाैँ । सरकारले अबको २ देखी ३ महिना भित्र सहकारी पिडितको माग सम्बोधन गर्ने बताएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले बढीमा अबको ३ महिनाभित्र सहकारी पीडितको माग सम्बोधन गरि रकम फिर्ता गराउने बताउनुभएको हो ।
सहकारीले ठगी गरेको बचत रकम फिर्ता पाउनुपर्नेलगायत माग राख्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितसँग आज सहमति भएको र पीडितको बचत रकम फिर्ता गरिने मन्त्री श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
सहकारीका बचतकर्ताको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने सहमतिमा उल्लेख छ ।वार्तामा सरकारले पीडितका माग सम्बोधन गर्ने र तत्काललाई आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।
सहमतिअनुसार सहकारी क्षेत्रको सुधारको लागि सुझाव दिन सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा पीडितको तर्फबाट ३ जनासम्म प्रतिनिधि समावेश गरिने छ । पीडितको बचत रकम समेत फिर्ता गरिने मन्त्री श्रेष्ठ चौधरीले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०, १९:४७