काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त रेखाको पर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर सर्ने क्रममा रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने पूर्वानुमान गरिएको छ ।
पर्सि २१ गतेदेखि देशका अधिकांश नदीहरूको वहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने सूचनामा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०, ०९:४०