तुलसीपुर । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन भएसँगै अव दाङको तुलसीपुरमा बिहानको समयमा विमान अवतरण र उडान हुनेभएको छ ।
नेपाल वायुसेवा निगमका अनुसार तुलसीपुरमा बिहान सवा ९ वजे विमान अवतरण गर्ने गरी नयाँ तालिका निर्माण भएको छ ।
‘दिउँसो हावाका कारणले गर्दा जहाज नियमित भएको थिएन अव नियमित हुन्छ ।’ नेपाल वायु सेवा निगमका विजनेस डेपुटी डाइरेक्टर रीना राईले भन्नुभयो ।
राईका अनुसार तुलसीपुरमा यात्रुको चापका कारण विमान सेवा नियमित वनाउनका लागि उडान तालिकामा हेरफेर गरिएको हो । ‘अव जहाज नियमित नै हुन्छ ।’ राइले भन्नुभयो ।
तुलसीपुर विमानस्थल सञ्चालनमा आएसँगै हवाई मार्गको प्रयोग गर्ने यस क्षेत्रका यात्रुहरुले तुलसीपुर विमानस्थलको प्रयोग गर्दै आएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा हरेक दिन विमान सेवा सञ्चालन भइरहेको विमानस्थल सञ्चालन समितिका संयोजक सुर्यवहादुर डाँगीले जानकारी दिनुभयो ।
संयोजक डाँगीले यात्रु प्रतिक्षालय भवनको निर्माणको काम अन्तिम चरणमा पुगेको वताउँदै धावनमार्ग विस्तारका लागि वजेटको समेत व्यवस्था भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६, १६:१८