काठमाडौँ । नागढुङ्गा–नौविसे सुरुङमार्गको रेस्क्यू टनेल अर्थात उद्धार सुरुङमार्ग खनेर आज सकिने भएको छ ।
सुरुङमार्ग खन्न २०७६ कात्तिक ४ मा सुरु गरिएको थियो ।
आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ खन्ने काम पूरा गर्ने तयारी भएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले जानकारी दिनुभयो ।
साढे २ किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको उद्धार सुरुङमार्ग सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको जनाइएको छ ।
२ दशम्लव ६ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङ ५ सय ६ मिटर खन्न बाँकी रहेको आयोजनाले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०, ०९:४३