काठमाडौँ । विवेकशील नेपाली दलको सङ्घीय (केन्द्रीय) समितिका (अध्यक्ष र उपाध्यक्ष मध्ये एक, महासचिव र कोषाध्यक्ष मध्ये एक र दुई सचिव मध्ये एक गरी) ६ प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना महिला प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था लागु गर्ने भएको छ ।
सङ्घीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४५ र अन्य समावेशी सहभागिता कम्तीमा २१.६२५ गरी ५९.४६५ समावेशिता सुनिश्चित गरेको छ । रोल्पाको लिवाङमा तीन दिनसम्म चलेको विवेकशील नेपाली दलको नीति सम्मेलनमा यस्तो सहमति भएको हो ।
लिवाङमा १९६ जना पार्टी सदस्य सहभागी थिए भने करिव २ सय ५० जना सदस्य नेपालभित्र र बाहिरबाट अनलाइनमार्फत् सहभागी भएको पार्टी प्रवक्ता मिलन पाण्डेले जानकारी दिनुभयो ।
सम्मेलनले नेपाली राजनीतिक इतिहासमै पहिलो पटक सहभागितामूलक लोकतन्त्रको उच्चतम अभ्यास गर्दै विभिन्न नीति एवम् पार्टी विधान पारित गरेको पाण्डेले दावी गर्नुभयो ।
पारित भएको नयाँ नीति र विधान अनुसार सङ्घीय (केन्द्रीय) समिति बढीमा ९९ जना रहने, जसमा पदाधिकारीसहित ७४ जना प्रत्यक्ष रूपमा निर्वाचित हुनेछन् । अधिकतम् २४ जना मनोनित हुनेछन् ।
१८ देखि २१ वर्ष उमेर समूहका फरक लिङ्गका दुई जना सदस्य पनि केन्द्रीय समिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ ।
पार्टीको कार्य सञ्चालनमा सदस्यको सार्वभौम अधिकार सुनिश्चित गरी हरेक निर्वाचित तह वा पदाधिकारीलाई सदस्यको प्रत्यक्ष सहभागितामा विराट सभामार्फत् फिर्ता बोलाउन सक्ने अधिकारको पनि व्यवस्था गरिएको छ ।
विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन आगामी कार्तिक १ र २ गते जनकपुरमा गगर्ने र नवनिर्वाचित पदाधिकारी तथा सङ्घीय समितिको सपथ ग्रहण लुम्बिनीमा गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६, १६:४५