तेह्रथुम । तेह्रथुमको आठराई गाउपालिका–१ संक्रान्तिमा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ ।
गत साउन १४ गते घरबाट बेपत्ता २४ वर्षिया रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिनुभयो ।
घरायसी विवादपछि घर छोडेर भागेको भन्दै रेशिकाका श्रीमान् राजकुमार पनि केही दिनअघि बेपत्ता भएका थिए ।
श्रीमानश्रीमती नै हराएपछि रेशिकाकाे माइती पक्षले खोजतलासका लागी ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा खबर गरेको थियो।
फरार श्रेष्ठको खोजी भइरहेको र घटनाबारे थप अनुुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
होटल व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीय छोरीसमेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०, १७:०६