काठमाडौं ।
सर्लाहीका नारायण पोखरेल विगत २२ वर्षदेखि कृषि पेशामा हुनुहुन्छ । हरेक वर्ष पानीको जोहो गर्दै आधा समय उहाँको जाने गरेको छ ।
पोखरेल भन्नुहुन्छ, “खेतमा लगाइएको मकैबाली, धानबाली सबै सुक्न थालेका छन् । सिँचाई नहुँदा आकाशे पानीको मात्रै भर छ । तर, त्यो पनि नहुँदा समस्या हुने गरेको छ ।”
सिँचाई नभएकै कारण सुदूरपश्चिमको बैतडीका बरेन्द्र विष्ट पनि चिन्तित हुुनुहुन्छ । सिंचाई अभावका कारण खेती किसानीमा लाग्ने की छाड्ने–मनमै बहस गरिरहनु भएको छ ।
नेपालमा १७ लाख ६६ हजार हेक्टर सिंचाई योग्य जमिन छ । सरकारको पहलमा सुरु भएको सिँचाईको इतिहास हेर्ने हो भने ९६ वर्षमा १० लाख हेक्टर क्षेत्रफलमा मात्रै सिंचाई पुगेको छ ।
झन्डै साढे २६ लाख हेक्टर जमिन खेतीयोग्य रहेको नेपालमा १७ लाख ६६ हजार हेक्टर सिंचाई योग्य जमिन छ । सरकारको पहलमा सुरु भएको सिँचाईको इतिहास हेर्ने हो भने ९६ वर्षमा १० लाख हेक्टर क्षेत्रफलमा मात्रै सिंचाई पुगेको छ ।
७ लाख हेक्टर जमिन अझै सिंचाई पर्खिरहेको छ । ९ लाख हेक्टर जमिन आकाशे पानीकै भरमा चलिरहेको छ ।
जलस्रोत तथा सिंचाई विभागका प्रवक्ता कृष्ण बेलबासेले सीआईएनसँग कुराकानी गर्दै सिंचाईलाई सबै क्षेत्रमा पु¥याउनका लागि सरकारले विभिन्न योजना बनाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानसम्म सहज सिंचाई पु¥याउनका लागि सरकारले सोलार शक्तिको प्रयोग गर्नुका साथै परम्परागत रुपमा गर्दै आएका सिंचाईलाई प्रविधियुक्त बनाउने काम पनि सुरु भएको छ ।”
बेलबासेले झन्डै साढे १४ लाख हेक्टर क्षेत्रफलमा कुनै न कुनै सिंचाईका कार्यक्रम चलिरहेको र बाँकी रहेको क्षेत्रमा पनि चाँडै सिंचाई पु¥याइने बताउनुभयो ।
कृषिमा उत्पादन बढाउने सरकारको लक्ष्य र सिंचाईको गतिको तालमेल मिलेको छैन । विज्ञहरुका अनुसार आउने आर्थिक बर्षका लागि छुट्याइएको २२ अर्बको बजेट हेर्दा एक लाख हेक्टर जमिले पनि सिंचाई पाउने देखिंदैन ।
कृषिमा उत्पादन बढाउने सरकारको लक्ष्य र सिंचाईको गतिको तालमेल मिलेको छैन । विज्ञहरुका अनुसार आउने आर्थिक बर्षका लागि छुट्याइएको २२ अर्बको बजेट हेर्दा एक लाख हेक्टर जमिले पनि सिंचाई पाउने देखिंदैन ।
कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणी खनाल किसानलाई सिंचाईको सहज पहुँचमा पु¥याउनका लागि सिंचाई मन्त्रालयसँग समन्वय भइरहेको बताउनुहुन्छ ।
सीआईएनसँगको कुराकानीमा उहाँले सबैभन्दा बढि प्रदेश २ का ८ वटै जिल्ला, प्रदेश १ को मोरङ, सुनसरी, झापा र सूदुपश्चिमका केहि जिल्ला बढि सुख्खाग्रस्त भएकाले त्यस क्षेत्रमा सिंचाई आयोजना चाँडै भन्दा चाँडै पु¥याइने तयारी भइरहेको बताउनुभयो ।
नेपालको सालाखाला ६ हजार नदीनालाबाट बर्षमा २ सय २५ अर्ब घनमिटर पानी बगेर जान्छ । तर, जलस्रोत तथा सिंचाई विभागका अनुसार हाल नेपालमा केन्द्रीय, साना तथा ठूला र गैरसरकारी गरी जम्मा २७ वटा सिँचाईका परियोजना मात्रै सञ्चालन भइरहेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, असार २२, २०७६, ०६:५४