काठमाडौँ । लगातारको वर्षाका कारण मुस्ताङको कागबेनी क्षेत्रको जनवीवन प्रभावित भएको छ ।
मुस्ताङ जिल्ला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागवेनी बजारमा काग खोलाबाट आएको बाढीको कारण बजार इलाका जलमग्न भएको छ ।
२५ भन्दा बढी घरमा क्षति पुर्याउनुका साथै कागवेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुलसमेत बगाएको कारण आवतजावतमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
त्यस क्षेत्रमा नेपाली सेनाको उध्दार टोली परिचालित भएको र अन्य सुरक्षा निकाय तथा स्थानीयहरुको सहयोगमा स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०, ०७:२१