भक्तपुर । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हो ।
नतिजामा पोहोरको तुलनामा ३ प्रतिशतले सुधार आएको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।
नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१ दशमलव ९१ प्रतिशत ग्रेडेड (उतीर्ण) र ४९ दशमलव ०९ प्रतिशत नन ग्रेडेड भएका बोर्डले जनाएको छ ।
३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०, १८:२८