काठमाडौँ । दक्षिण कोरियाको खाउन्दो प्रान्तमा यही भदौ ७ देखि ११ गतेसम्म हुने जोक्कु ९फुट(भलिवल० विश्व च्याम्पियनसिपमा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको छ ।
च्याम्पियनसिपमा, इपीएसमार्फत रोजगारीकालागि कोरिया गएका नेपालीहरूको टिमले प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रथम विश्वकप नाम दिइएको यो प्रतियोगितामा एसिया र युरोपका १२ टोलीले सहभागिता जनाउने छन् ।
अरू देशका राष्ट्रिय टोलीले नै सहभागिता जनाए पनि नेपालमा यो खेल नखेलिने भएकाले कोरियामै रहेका नेपालीहरूले टिम बनाइ प्रतिस्पर्धा गर्न लागेको टोलीका खेलाडी रत्न खापुङले जानकारी दिनुभयो ।
किरण कार्कीको कप्तानीमा रहेको नेपाली टोलीका खेलाडीमा, जुगलकिशोर सिंह, पवन मल्ल, रत्न खापुङ लिम्बु, रुपेश स्याङ्तान, जेफ गुरुङ र जोनाथन गोले र प्रशिक्षकमा चक्र मगर रहनुभएको छ ।
विश्वकप फुटबल जस्तै ढाँचामा खेलाइने यो खेलका विजेताले १ करोड वन ९करिब १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यो खेल भलिबल जस्तै तर खुट्टाले खेलिने भएकाले फुट भलिवल भनिन्छ । कोरियामा वर्षौँबाट खेलिँदै आएको यो खेल कोरियालीमाझ लोकप्रिय छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०, १५:४०