काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग गएराति बयान लिएको छ ।
ललिता निवास जग्गा प्रकरणको बारेमा निर्णय हुँदा प्रधानमन्त्री रहेका दुबैसँग बयान लिन सर्वाेच्चले आदेश दिए पनि सत्ता गठबन्धनले उन्मुक्ति दिन खोजेको भन्दै आलोचना भएको थियो ।
सीआईबीलाई बयान दिएपछि पूर्व प्रधानमन्त्री भट्टराईले दोषीको पहिचान र कारबाही हुने अपेक्षा गरेको बताउनु भएको छ । आज सामाजिक सञ्जालमार्फत विचार राख्दै उहाँले यस्तो बताउनु भएको हो ।
"ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।" भट्टराईले लेख्नु भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०, ११:१७