काठमाडाैँ । साउन सुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमी पर्व आज (सोमबार) नागको पूजाआजा गरी मनाएको छ । आज हिन्दु धर्माबलम्बीले घरघरमा नागका तस्बिर टाँसेका छन् ।
यसपटक साउनमा अधिकमास परेका कारण भदौमा नागपञ्चमी परेको हो । आजको दिन घरका मूलढोकामा नागको तस्वीर टाँसेर तथा पानीका मुहान र सिमसारमा नागका प्रतिमा बनाएर पूजा गर्नाले वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक मान्यता छ ।
नागपञ्चमीको अवसरमा आज काठमाडैंको नागपोखरीमा नागको पूजाआजा गरिएको छ । हेराैँ नागपूजाका केही तस्बिर-
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०, १६:१९