काठमाडाैँ । सुदुरपश्चिम र कर्णाली क्षेत्रको विशेष पर्व गाैरा आज मनाइएको छ । गाैराको अवसरमा काठमाडाैँकाे टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावल काँग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायत उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले सामुहिक रूपमा देउडा नाच्नुभएको थियो । कार्यक्रममा सुदुरपश्चिम क्षेत्रका नागरिक माैलिक भेषभुषामा उपस्थित भएका थिए ।
कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा भनिने पार्वतीको पूजाआजा गरी मनाइने याे पर्वमा आत्मशान्ति र मोक्ष प्राप्त हुने विश्वास रहिआएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०, १८:५९