काठमाडौँ । ४ देश सम्मिलित महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ ।
मलेसियाको बायोमास ओभल मैदानमा आज भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराएर उपाधि जितेको हो ।
हङकङले दिएको १ सय २ रनको लक्ष्य नेपालले पछ्याउँदै ५.३ ओभरको खेल चल्दै गर्दा पानी परेका कारण रोकिएको थियो ।
पुनः खेल सुरु हुन नसक्दा नेपाल डकवर्थ लुइस प्रणालीका आधारमा विजयी भएको हो । वर्षा सुरु हुनुअघि नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो ।
टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०, १६:४२