काठमाडौँ । दक्षिण कोरियाको खाउन्दो प्रान्तको यङुमा चलिरहेको जोक्कु (फुट्नेट) विश्व चम्पियनसिपमा नेपालले ३ देशलाई जितेको छ ।
आज भएको खेलमा नेपालले बुल्गेरियालाई १५-६, र १५-१२ ले सोझो सेटमा हराएको हो । अर्को खेलमा नेपालले आयरल्यान्डलाई १५-५ र १५-६ को सेटमा पराजित गरेको हो ।
अर्को खेल भने पाकिस्तान अनुपस्थित भएपछि नेपाली टोली विजेता घोषित भयो ।
यो जितसँगै नेपालले जोक्कु बिश्व बरियतामा नवौँ स्थान प्राप्त गर्न सफल भएको छ । नेपालको तर्फबाट इपिएसमार्फत रोजगारीको लागि कोरिया गएका नेपालीको टोलीले प्रतिस्पर्धा गरिरहेको छ ।
प्रथम विश्वकप नाम दिइएको प्रतियोगितामा एसिया तथा युरोपका १२ टोलीको सहभागिता रहने छ ।
अन्य देशका राष्ट्रिय टोलीले नै सहभागिता जनाए पनि नेपालमा यो खेल नखेलिने र अन्य कारणले कोरियामै रहेका नेपालीहरुले टिम बनाइ सहभागी हुन परेको खेलाडी रत्न खापुङले जान्कारी दिनुभयो ।
प्रशिक्षक चक्र मगर तथा टिम क्याप्टेन किरण कार्की रहेको नेपाली टोलीमा रत्न खापुङ, जुगल सिंह, पवन मल्ल, जेफ गुरुङ र रुपेस स्याङतान रहनुभएको छ ।
विजेताले १ करोड कोरीयन वन पुरस्कार पाउनेछ्न् । भलिबल जस्तै तर खुटटाले खेलिने यो खेल कोरियामा बर्सौँअघि बाट लोकप्रिय छ ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०, १७:०५