काकठमाडौँ । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८० का लागि साहित्यकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठको उपन्यास"फरैना" सहितका १० कृति छनोट भएका छन् ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची हिजो सार्वजनिक गरेको हो ।
स्वतन्त्र विज्ञसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा श्रेष्ठको कमैया प्रथा र यसको प्रभावका बारेमा केन्द्रीत "उपन्यास" फरैना सूचीमा परेको हो ।
रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, दामोदर पुडासैनी किशोरको ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, रामलाल जोशीको ‘बाआमा’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, विदुर चालिसेको ‘लघुकथालय’ र अशोक थापाको ‘सन्तापको धून’ पनि १० कृतिको सूचीमा परेको परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार १ सय ४५ कृतिमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छानेका १० कृतिमध्ये उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ ।
पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०, ०७:४१