काठमाडौं ।
सिन्धुुपाल्चोकको मेलम्ची नगरपालिकाका रुकु चापागाईले तरकारी खेती गर्न थालेको वर्षौं भयो । तर कति घाटा भयो कि फाईदा ? कहिल्यै हिसाब गर्नुभएन ।
रुकुले भन्नुभयो, ‘खेती गरेको छ, तरकारी रोप्ने, आलु, धान, मकै, कोदो रोप्ने गरेको छ तर हिसाब कहिल्यै गर्ने गरेको छैन । ’
चितवनका किशोर बगालेले २० वटा गाई पाल्नुभएको छ । उहाँले भने लगानी र आम्दानीको हिसाब नबिराइ राख्नुहुन्छ । बगाले भन्नुहुन्छ, ‘घाँसमा कति खर्च हुन्छ, मेनपावरमा कति खर्च हुन्छ पानी र बिजुलीमा कति खर्च हुन्छ ? आफू कहाँ छु भनेर थाहा पाउन पनि हिसाबकिताब त राख्नुपर्छ ।’
पाँचथरका चेतबहादुर तामाङ पनि खेती किसानीमै अधिकांश समय बिताउनुहुन्छ । तर लागत मूल्यको हिसाब नराख्दा व्यवसायिक रुपमा सफल हुनु भएन ।
सरकारको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ६४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् ।
सरकारको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ६४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । तर कृषिबाट जीवन धान्न नसकिएको भन्दै विकल्प रोज्नेक्रम हरेक वर्ष बढ्दै गएको देखिन्छ । लागत मूल्य र नाफाको विषयमा ध्यान दिने हो भने कृषिबाट पनि राम्रो आम्दानी गर्न सकिने कृषि विज्ञहरु बताउँछन् ।
किसानहरुका लागि लागत मूल्यको हिसाबले नाफा आर्जनमा सहयोग पुग्ने बताउनुहुन्छ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ राजेन्द्रप्रसाद प्रधान ।
प्रधानले भन्नुभयो, ‘बजारमा प्रतिस्पर्धा गर्नको लागि खर्च कम हुनुप¥यो । सबभन्दा पहिला किसानले योजना बनाउनुपर्छ । कुन जातको लगाउने, कति समय लाग्छ, कहिले काट्ने, कुन बजारमा बेच्ने भन्नको लागि त योजना बनाउनुपर्ने हुन्छ नि । योजना अनुसारको बिउ, मल जोह गर्नुप¥यो । आवश्यकता अनुसार पानीको प्रबन्ध मिलाउन प¥यो । यसो गर्न सक्यौं भने हामीले लागत घटाउन सक्छौं । ’
नेपालमा अहिले पनि परम्परागत रुपमा खेती गरिन्छ । हलो, कुटो गोदालोको प्रयोग कायमै छ भने सामुहिक खेती किसानी बढ्न सकेको छैन । त्यसैले किसानहरुले घाटा व्यहोर्नुपरेको छ ।
नेपालमा अहिले पनि परम्परागत रुपमा खेती गरिन्छ । हलो, कुटो गोदालोको प्रयोग कायमै छ भने सामुहिक खेती किसानी बढ्न सकेको छैन । त्यसैले किसानहरुले घाटा व्यहोर्नुपरेको छ ।
अनुमानित २ प्रतिशत किसानले मात्रै लागत मूल्यको हिसाब गर्ने गरेको विज्ञहरु बताउँछन् ।
यान्त्रीकरण बढाउँदै लगेर थोरै लागतमा धेरै आम्दानी गर्न सकिन्छ । त्यसकै लागि पहल भइरहेको कृषि अनुसन्धान परिषद्का मुख्य वैज्ञानिक हरिकृष्ण उप्रेतीको भनाइ छ ।
थोरै समयमा धेरै उत्पादन कसरी लिन सकिन्छ भनेर किसानलाई प्रशिक्षण आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
लागत मूल्य बढेकै कारण किसान मर्कामा परेको निष्कर्षसहित सरकारले गत वर्ष मात्रै मोटा र मध्यम धानमा अनि गहुँको न्यूनतम समर्थन मुुल्य निर्धारण ग¥यो ।
अनुमानित २ प्रतिशत किसानले मात्रै लागत मूल्यको हिसाब गर्ने गरेको विज्ञहरु बताउँछन् ।
नेपालको कुल जनसंख्याको ६४ प्रतिशत नागरिक कृषिमा छन् । तर आम्दानीका लागि भन्दा पनि अधिकांश निर्वाहमुखी खेती गरिरहेका छन् । किसानलाई लागत मूल्य घटाउँदै आम्दानी बढाउने गरी तीनै तहका सरकारले विशेष योजना बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, असार २५, २०७६, ०७:४१