काठमाडौँ । गलत र भ्रामक सूचना विरुद्धको ई-कोर्स अब नि: शुल्क पाइने भएको छ । अमेरिकी दूतावासले यूथ इनोभेसन ल्याबसँग मिलेर सात वटै प्रदेशमा गलत/भ्रामक सूचनाविरुद्ध विभिन्न कार्यशाला सम्पन्न गरी यो कोर्सबारे जानकारी गराएको छ ।
यी कार्यशाला सीमान्तकृत समुदायका व्यक्तिहरू, १४० भन्दा धेरै पत्रकार, सामग्री सिर्जनाकर्ताहरू, अधिकारकर्मीहरू, र 'इन्फ़्लुएन्सर्स'हरूलाई डिजिटल युगमा गलत र भ्रामक सूचनाले उत्पन्न हुने चुनौतीको पहिचान र सम्बोधन कसरी गर्ने भन्नेतर्फ केन्द्रित रहेको पनि अमेरिकी दूतावासले जनाएको छ । कार्यशालाहरूमा र ई-कोर्सले व्यक्तिलाई सूचित गर्न र अनलाइनमा गलत र भ्रामक सूचनाको पहिचान गर्न सशक्त बनाउनेमा जोड दिइएको थियो । अब नि:शुल्क ई-कोर्स "अन्डरस्ट्यान्डिङ एण्ड काउन्टरिङ मिस/डिस इन्फरमेसन" पनि उपलब्ध भएको छ ।
यो नि: शुल्क कोर्स लिन चाहनेले यो लिङ्कमा जान सकिने अमेरिकी दूतावासले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०, १४:४०