काठमाडौँ । नेपाली काँग्रेसले भदौ २४ देखि २६ सम्म गर्न लागेको बीपी साहित्य महोत्सवमा ८ वटा कार्यक्रम समावेश गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाल लेखक सङ्घको संयोजनमा हुने कार्यक्रममा सम्भाषण, कविता, गजल, सङ्गीत साँझ लगायत कार्यक्रम हुने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता तथा कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने उहाँले बताउनुभयाे ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री, बीपी कोइरालाको जन्मदिन भदाै २४ लाई नेपाली काँग्रेसले बीपी जन्म जयन्तीका रूपमा मनाउँदै आएकोमा यसपालिदेखि बीपी साहित्य महोत्सव गर्न लागिएको हो ।
यस्ता छन् कार्यक्रम:
(क) सम्भाषण (कि नोट स्पिच)
(ख) सत्रहरु
( १) मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सत्ता (२) साहित्यमा पर्यावरण (३) समय र सल्बार्टन (४) नेपालको मातृभाषा साहित्य (५) बिपीका आख्यानमा नारी (६) बिपीका आख्यानमा मधेस (७) बिपीका दृष्टिमा बिपी (८) बिपीले नपाएका १५ वर्ष (९) अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी (१०) समावेशिता, सामाजिक रूपान्तरण र बिपी (११) युवा स्रष्टामा बिपी पठन (१२) परिवारले बुझेका बिपी
(ग) कविता साँझ,
(घ) गजल साँझ
(ङ) साङ्गीतिक साँझ
(च) चित्रकला प्रदर्शनी
(छ) वृत्तचित्र प्रदर्शनी
(ज) ऐतिहासिक फोटो प्रदर्शनी
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०, १५:५०