काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानको खेल चलिरहेको छ । मुल्तानमा घरेलु टोली पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।
१७ ओभरको खेल सकिँदा पाकिस्तानले २ विकेट गुमाएर ७८ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवानले अविजित ५० रनको साझेदारी गरेका छन् ।
नेपालले २ विकेट लिँदै पाकिस्तानलाई सुरुवाती झट्का दिएपनि बाबर र रिजवानले पाकिस्तानलाई सम्हालेर अघि बढाइरहेका छन् । नेपालका करण केसीले १ विकेट लिएको खेलमा एक खेलाडी रनआउट भएका थिए । पाकिस्तानका इमाम उलहक ५ रनमा रनमा रन आउट हुनुभयो ।
इमामलाई सोमपालको बलमा रोहितकुमार पौड्लले रन आउट गराउनुभएको थियो । त्यसअघि करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराउनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०, १६:३९