काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ। मुल्तानमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले कप्तान बाबर आजम र इफ्तिकार अहमदकाे शतकीय योगदानकाे मद्दतमा ६ विकेट गुमाएर ३४२ रन बनाएकाे हाे ।
बाबरले १३१ बलमा १५१ रन बनाउनुभयो । उहाँले १४ चाैका र ४ छक्का प्रहार गर्नुभयो । यस्तै इफ्तिकारले अबिजित १०९ रन बनाउनुभयाे । बाबर र सादब खानलाई साेमपाल कामीले अन्तिम ओभरमा आउट गर्नुभएको थियो । यसबाहेक नेपालका लागि करण केसी, सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो । पाकिस्तानका २ खेलाडी रन आउट भएका थिए ।
छैटाैँ ओभरमा पाकिस्तानको २१ रन हुँदा करणले ओपनर फकार जमानलाई १४ रनमा आउट गरेको खेलको लगत्तै अर्को ओभरमा इमाम उल हक ५ रनमा रन आउट भएसँगै पाकिस्तान दबाबमा परेको थियो । तर कप्तान बाबर र मोहम्मद रिजवानले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पाकिस्तानलाई अघि बढाउनुभयो । रिजवान ४४ रन बनाएर रन आउट हुनुभएको हो । यस्तै अगाहा सलमान ५ तथा सादब खान ४ रनमा आउट हुनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०, १८:१६