काठमाडौँ । आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले बिहीबार (आज) घरेलु टिम मलेसियामाथि ५ रनको जित हात पारेको हो ।
८५ रनको लक्ष्य पाएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेपछि नेपालले रोमाञ्चक जित हात पारेको हो ।
नेपालको जितमा कविता जोशी र कविता कुँवरले दुई दुई विकेट लिनुभयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर ८४ रन बनाएको थियो ।
नेपालका सीता राना मगरले ३८, अप्सरी बेगमले १७ र कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनुभयो । नेपालले भोलि बहराइनसँग खेल्नेछ।
प्रतियोगितामा नेपाल मलेसिया, बहराइन, भुटान, कतार र युएई रहेको समूह ‘ए’ मा रहेको छ । प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।
विश्वकप छनोटमा खेल्ने १० टोलीमध्ये शीर्ष २ टोलीले सन् २०२४ मा बंगलादेशमा हुने महिला ट्वान्टी ट्वान्टी विश्वकप खेल्नेछन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०, १२:५८