सिन्धुपाल्चोक । नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ ।
लिपिङस्थित मितेरी पुलबाट आज नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चीनतर्फ प्रस्थान गरेसँगै आवतजावत खुलेको हो ।
नेपालबाट सांसद माधव सापकोटासहितको टोली चिनतर्फ गएको हो ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका पूर्णरुपमा बन्द भएको थियो । भूकम्प पछि सीमितरुपमा मात्रै सञ्चालन भएको नाका कोरोना महामारी फैलिएपछि विसं २०७६ फागुनबाट पुनः बन्द भएको थियो ।
चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाका २०८० वैशाख १८ बाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।
चिनियाँ अधिकारीसँगको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०, १३:०८