काठमाडौँ । नेपालले आइसिसी ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेटको छनोटमा बहराइनलाई १० विकेटले हराएको छ । मात्र ३१ रनको लक्ष्य नेपालले २ ओभर ५ बलमा कुनै विकेट नगुमाई भेट्टाएको हो ।
नेपालका कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाउनुभयो । नेपालले १३ रन अतिरिक्त पाएको थियो।
नेपालले यसअघि बिहीबार घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो ।
प्रतियोगितामा नेपाल मलेसियार र बहराइनसहित भुटान, कतार र युएई गरी ६ टोली समूह ‘ए’ मा छन्।
समूह ‘बी’ मा ५ टोली छन्। प्रतियोगिताको शिर्ष दुई टोली विश्व छनोटमा पुग्नेछन्। यी १० टोलीमध्ये पनि शिर्ष २ टोलीले विश्वकप क्रिकेटमा स्थान बनाउने छन् । विश्वकप महिला क्रिकेट सन् २०२४ मा बंगलादेशमा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०, १५:०४