सिंहदरबार जनताको लागि आएको भन्न त लाज मानुपर्ने होइन र ? गाउँगाउँमा सिंहदरबार भनेको के ? देशमा तीन तहको सरकार आएपछि हामिलाई फाइदा के ? यी र यस्तै प्रश्नहरुले मनमा बारमबार घोचिरहन्छ ।
घर-घरमा अर्थात गाउँगाउँमा सिहंदरबार भन्नुको अर्थ पहिले काठमाडौँमा मात्रै एकीकृत भएको सिंहदरबारबाट दिइएको सेवा अहिले घरघरमा अर्थात गाउँगाउँमा विभाजन गरियो भन्ने होइन र?
तर मलाई लाग्छ यहाँ त गाउँगाउँमा सिंह आए तर दरबार आएन् । यो कस्तो सिंहदरबार हो सरकार ?
तपाईं आफै एकपटक हेर्नुस् त कहाँकहाँका जनताको घरमा पुग्यो सिंहदरबार? मेरो आँखाले त आज पनि उस्तैउस्तै देख्छन् त सरकार ? नत्र साँच्चिकै पुगेकै छन् त ती सोझासिधा गरिब, दुखी जनताका घरघरमा सिहंदरबार ?
यस्तैलाई भन्छन् गाउँगाउँमा सिहंदरबार ? मेरो विचारमा त यस्तोलाई भन्दैभन्दैन् ।
यस्ता गाउँबस्तीमा कसरी सिंहदरबार आयो, जहाँका मान्छेहरु आज पनि खाद्यान्न जुटाउन घन्टौँ हिडिरहेका छन् ।
खाद्यान्नको अभावमा भोकभोकै बाँचिरहेका छन् । नेपाल जस्तो जलस्रोतको दोस्रो धनी देशमा प्रशस्तै विद्युत उत्पादन क्षमताको सम्भावना हुँदाहुदै अझैँसम्म धेरै बस्तीका मान्छेहरु टुकी र सोलार बत्तिको भरमा बसेका छन्।
फोन गर्नकै लागि अग्लाअग्ला डाँडाकाँडा रुख, भीर धाएका छन् । अझैँ पनि घाम लाग्यो भने फोन लाग्छ कि भन्ने गाउँबस्तीहरु छन्।
आज पनि हिमाल, पहाडतिरका विद्यार्थीहरुले स्कुल, कलेज खोज्दै सहरबजार घुमिरहेका छन्। हिमाल, पहाडतिर कोही कसैलाई आपत परेमा, जटिल बिरामी लागेमा अस्पताल खोज्दै ठूलाठूला सहरबजार दौडिरहेका छन्।
अस्पतालमै नपुगी कैयौँले अकालमै ज्यान गुमाउनु परेको छ। कतिपय गाउँबस्तीका मान्छेहरुले अझैँसम्म पनि बिरामीलाई डोको, स्टेचरको साहाराले हस्पिटलसम्म पुर्याउनु पर्ने बाध्यता छ।
स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ। जनप्रतिनिधिको कार्यकाल विवादै विवादमा सकिन्छ । न जनप्रतिनिधिका व्यवहार न कर्मचारीसँग मिलेको छ न स्थानीय जनताहरुको लागि केही विकासका काम भएको छ।
कतिपय गाउँबस्तीमा मोटर बाटो पुगेको छैन । त्यहाँका मान्छेले हाम्रो गाउँमा त सडक बाटो नै पुगेको छैन भनी दुखेसो पोखेको सुन्निछ।
धेरै बस्तीहरुमा खानेपानी जुटाउन घन्टौँ हिँड्नुपर्ने बाध्यता छ। आज पनि खानेपानीको अभाव छ भन्ने दृश्य धेरै देखिन्छ ।
कतिपय गाउँका जनतालाई हिउँद नलागे पनि हुन्थ्यो भन्नुपर्ने स्थिति छ। किन कि हिउँदमा धेरै पानीका मुहानहरु सुक्ने गर्छन् । खासगरी जनताहरुलाई चाहिएका यी र यस्तै सुविधाहरु होइन र ?
अनि यी नै सुविधा नपुगेका ठाउँहरुमा सिहंदरबार पुगेको छ भन्न मिल्छ होला र ?
मलाई त सुन्दा नि अचम्म लाग्छ । जहाँ अहिलेसम्म मोटर पुगेकै छैन, विद्युतको सुविधा छैन्, स्कुल, कलेज, हस्पिटललगायतका सुविधा छैन । इन्टरनेटको त कुरै छोडौँ । फोनले पनि राम्रो काम गर्दैन, अन्य विकासको त झन् के कुरा गरौँ र !
अनि त्यही ठाउँमा गएर सिंहदरबार पुग्यो भनेर ठूलाठूला भाषण छाट्छन् । यो लाजमर्दो होइन र ? सरकार भने तीन तहको छ। जनता भने सुविधा होइन दुविधामा छन् ।
स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ। जनप्रतिनिधिको कार्यकाल विवादै विवादमा सकिन्छ । न जनप्रतिनिधिका व्यवहार न कर्मचारीसँग मिलेको छ न स्थानीय जनताहरुको लागि केही विकासका काम भएको छ।
धेरै स्थानीय तहहरुमा कर्मचारी र प्रतिनिधिको तालमेल नै मिलेको देखिँदैन । यी जनताको लागि काम हुने कुरै भएन।
हिजो गाउँमै सिंहदरवार आयो । अब जनताहरु सबैलाई सुविधा हुन्छ भनेर चुनावमा नारा घन्काउनेहरु आज महाराज नै बनेका छन व्यवहार सिंहजस्तै छ।
काम भने शून्य जस्तै देखिन्छ । गाउँगाउँका सिंहदरवार यी नै महाराजलाई बस्नको लागि आएको जस्तो लाग्छ । जनताको लागि होइन । नत्र भनेपछि जनताका लागि केही गर्नुपर्ने होइन र ?
आज लाखौँलाख युवाहरु विदेशी भूमिमा पसिनामा बगाउँदै छन् दिनप्रतिदिन हजारौँ हजार युवाहरुले देश छोड्दै छन्।
यो देशमा बस्नलाई त कुनै पनि पार्टीको पुच्छर हुनुपर्छ । देशमा बस्नलाई त पावर, पहुँच हुनुपर्छ। विचरा गरिब दुखीको कोही छ ? आफ्नालाई रोजगारमा राखिन्छ गरिबदुखीका छोराछोरीलाई साइड लगाइन्छ ।
नेपालमा रोजगारी सिर्जना हुने सम्भावना छैन । युवा पङ्क्तिलाई देशको नेतत्व प्रति कुनै आस छैन। देश छोड्नुपर्ने बाध्यता छ।
ब्याचलर डिग्री पढ्ने विद्यार्थीहरुको बिजोग छ । ब्याचलर पास गरेको एउटा विद्यार्थीले नेपालमा आफूले चाहेको जस्तो काम ५ हजार रुपैयाँमा गर्छु भन्दा नि पाउँदैन ।
विदेश पलायनको डरलाग्दो तथ्याङ्क छ। हाल १९ महिनामै रोजगारीमा जाने नेपालीहरुको सङ्ख्या १३ लाख पुगेको छ । स्वदेशमा अवसरको कमि भएकै कारण यस्तो स्थिति सिर्जना भएको हो।
विदेश पलायन हुने नेपाली युवाहरूको सङ्ख्या अझै दिनप्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ ।
अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा उतै हराउने होस्, जसरी भए पनि विदेश जाने मनोविज्ञान बढ्दो छ ।
जसरी भए पनि विदेश जान पाए हुन्थ्यो भन्ने धेरैको मनस्थिति छ। खै कसरी गर्ने जनताहरुले यी महाराजहरुको विश्वास ? सबैको उस्तै छ चाल ।
सङ्घ, प्रदेश र स्थानीय सबै तहमा हुने गरेका काममा भ्रष्टाचारै भ्रष्टाचार छ। जनप्रतिनिधिका नाउमा यी महाराजहरुले गरेका गतिविधि न जनताहरु सन्तुष्ट छन् न यिनीले केही गर्ने नै छन् ।
देशको संरचना परिवर्तन भएको पनि धेरै भयो। जे फाइदा भयो अहिलेका जनप्रतिनिधि र तिनका नजिकका नातागोतालाई भयो।
एक पटक जसरी हुन्छ नेतृत्वमा पुग्ने, जति सक्यो उति लुट्ने प्रवृत्तिको विकास छ। अर्को पटक जनताले पक्कै हराउनेछन् भन्ने कुरा उनीहरुले बुझेका छैनन् ।
एकपटक नेतृत्व गर्ने, कमाउने अनि रमाउने । आफ्नालाई सुविधासम्पन्न बनाउने, कसैलाई रोजगार दिने, कसैलाई ठेक्का दिने ।
अरु के कसरी हुन्छ । सबै आफ्नैलाई दिने, भएको बजेट जति सबै सक्ने जतिसक्यो उति हिनामिना गर्ने अनि कहाँबाट हुन्छ।
जनतालाई सुविधा दिने र जनताको लागि केहि काम गर्ने र विकास गर्न ? केहि रोजगार खुले पनि आफ्नै छोराछोरी, भाइभतिजालाई अवसर दिने ।
बस सुनिन्छ भाषण"गाउँगाउँमा सिंहदरबार गइसकेको छ । संविधान र सङ्घीयता आएको छ । राजतन्त्र जरैबाट फालिएको छ । सुशासन र भ्रष्टाचार अन्त्यमा अर्जुनदृष्टि छ।" के मीठा र चिप्ला भाषण र नाराले मात्रै देशको मुहार फेरिन्छ त ?
यो देशलाई आफ्नै निजी कम्पनी जस्तो बनाउने अभ्यास भइरहेको छ। त्यही पनि जनताको लागि सिहंदबार ल्यायौँ भन्न लाज मानुपर्ने होइन र ?
न देशमा क्षमतावान युवापङ्क्ति बस्ने वातावरण मिल्यो, न पढेकालाई रोजगार मिल्यो न योग्यता क्षमताको कदर भयो । न गरिबले उपचार पाउFछ न शिक्षा अनि रोजगार पाउFछ। अब भन्नुहोस् नेपालमा बस्ने वातावरण केही छ ?
यो देशमा बस्नलाई त कुनै पनि पार्टीको पुच्छर हुनुपर्छ । देशमा बस्नलाई त पावर, पहुँच हुनुपर्छ। विचरा गरिब दुखीको कोही छ ? आफ्नालाई रोजगारमा राखिन्छ गरिबदुखीका छोराछोरीलाई साइड लगाइन्छ ।
हुनेखाने ठूलाठाली र आफ्ना कार्यकर्ताका छोराछोरीलाई छनोट गरिन्छ। गरिबको छोराछोरीको मेहनतलाई नेपालमा कसले बुझ्छ ? कहिले आउछन् उनीहरुका दिन । हाम्रा नेतामा सकारात्मक सोचको विकास कहिले हुन्छ ?
देश सबैको साझा कहिले हुन्छ ?
सबैलाई सम्मानपूर्ण व्यवहार कहिले हुन्छ ? सबैलाई निष्पक्ष न्याय र कहिले हुन्छ चौतर्फी विकास । नेताको आस गर्दागर्दै सबैको भैसक्यो बेहाल। कहिल्यै स्थिर हुदैनन् हाम्रो देशको सरकार ।
बस सुनिन्छ भाषण"गाउँगाउँमा सिंहदरबार गइसकेको छ । संविधान र सङ्घीयता आएको छ । राजतन्त्र जरैबाट फालिएको छ । सुशासन र भ्रष्टाचार अन्त्यमा अर्जुनदृष्टि छ।" के मीठा र चिप्ला भाषण र नाराले मात्रै देशको मुहार फेरिन्छ त ?
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०, १०:४७