एसिया कप क्रिकेटमा भारतसँग खेलिरहेकाे नेपालले १५० रन पूरा गरेकाे छ । श्रीलङ्काकाे क्यान्डीमा टस हारेर पहिले ब्याटिङ गरिरहेकाे नेपालले ३४ औँ ओभरमा ६ विकेट गुमाएर १ सय १५१ रन बनाएको हो ।
नेपालका ओपनर आशिफ शेखले ५८ र कुशल भुर्तेलले ३८ रन बनाउनुभयो । यस्तै गुलसन झाले २३ रनको योगदान गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०, १७:४६