एसिया कप क्रिकेटमा भारतसँग खेलिरहेकाे नेपालले २०० रन पूरा गरेकाे छ । श्रीलङ्काकाे क्यान्डीमा टस हारेर पहिले ब्याटिङ गरिरहेकाे नेपालले ४४ औँ ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको हो ।
नेपालका ओपनर आशिफ शेखले ५८ र कुशल भुर्तेलले ३८ रन बनाउनुभयो । यस्तै दिपेन्द्रसिंह एेरीले २९ र गुलसन झाले २३ रन बनाउनुभयो ।
भारतका रविन्द्र जडेजाले ४ विकेट लिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०, १९:१४