एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनकाे लक्ष्य दिएकाे छ ।
श्रीलङ्काकाे क्यान्डीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९ औँ ओभरमा २३० रनमा अलआउट भएको हो ।
नेपालका आशिफ शेखले ५८,सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाउनुभयो । यस्तै दिपेन्द्रसिंह एेरीले २९ र गुलसन झाले २३ रनको योगदान गर्नुभयो ।
भारतका रविन्द्र जडेजाले ३ विकेट लिनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०, १९:४३