आज हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमि पर्व मनाइरहेका छन् । यो पर्वको अवसरमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । विहान सवेरैदेखि साँझसम्मै भक्तजन बालबालिकासहित कृष्णमन्दिरहरूमा पुग्ने परम्परा रहेको छ । यो दिन बालबालिकालाई कृष्ण र राधाको भेषमा सजाएर डुलाउने गरिन्छ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०, १५:३४