मलेसियामा भइरहेको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा नेपालले थाइल्यान्डसँग खेल्ने भएको छ ।
समूह बी को खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्यान्ड समूह विजेता बनेपछि नेपालले थाइल्यान्डसँग खेल्ने तय भएको हो ।
समूह ए अन्तर्गत आजका लागि तय भएको नेपाल र युएईबिचको खेल रद्द भएपछि नेपाल नेट रन रेटमा पछि पर्दै समूह विजेता बनेको छ ।
समूह ए मा युएई र नेपालले समान ९ अङ्क भए पनि रन औसतमा पछि परेको हो । नेपाल र थाइल्यान्ड आउँदाे शुक्रवार खेल्नेछन् । अर्को सेमिफाइनल पनि त्यहि दिन हुनेछ । यो खेल जित्ने दुई टोली महिला टी-ट्वान्टी विश्वकपको विश्व छनोटमा पुग्नेछन् ।
विश्व छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् जसबाट शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन् । महिला टी-२० विश्वकप २०२४ मा बङ्गलादेशमा हुने छ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०, १६:१६