ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ ।
हिजो सम्पन्न फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि हात पारेको हो ।
खेलको ३२ आँै मिनेटमा सरन बस्नेतले गरेको गोल नै उपाधिका लागि निर्णाक बन्यो । विजेता बनेसँगै इलामले नगद ३ लाख ११ हजार १ सय ११ रुपैँयासहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
उपविजेता सुनसरीले १ लाख ५१ हजार १ सय ११ रुपैँयामा चित्त बुझाएको छ ।
सुनसरीले सेमिफाइनलमा पथरी ११ फुटबल क्लब मोरङलाई र इलामले रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई टाईबेकरमा समान ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
खेल गत भदौ १४ गतेबाट लाखे जात्रा सञ्चालन समिति तथा जिल्ला फुटबल सङ्घले संयुक्त रुपमा आयोजना गरेको हो ।
भानु जन माद्यमिक विद्यालयको मैदानमा भएको खेलमा भारतको १ सहित ८ टीमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०, ०७:४७